रामेछापमा युवतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर, हेलिकप्टरबाट उद्धार

रामेछाप, १ साउन। रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा बुधबार साँझ एक युवतीमाथि खुकुरी प्रहार भएको छ।

३२ वर्षीय रजिन सुनुवारले स्थानीय २७ वर्षीया एलिसा सुनुवारलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार घाइते एलिसाको अवस्था नाजुक छ। उनको ढाडमा गहिरो चोट लागेको छ। वर्षाका कारण सडक अवरुद्ध भएपछि घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ।

आक्रमणकारी रजिन सुनुवारलाई प्रहरीले फरार हुँदै गरेको अवस्थामा पक्राउ गरेको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *