एमालेको राष्ट्रिय सभामा नयाँ प्रमुख सचेतककाे जिम्मेवारी भट्टराईलाई

काठमाडौं, १ साउन। नेकपा एमालेले राष्ट्रिय सभामा पार्टीको प्रमुख सचेतकको जिम्मेवारी गोपाल भट्टराईलाई दिएको छ।

पार्टी संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई आज (साउन १) देखि लागू हुने गरी प्रमुख सचेतकमा मनोनयन गरेका हुन्।

यसअघि सो पदमा रहेकी भगवती न्यौपाने हालै सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि प्रमुख सचेतकको पद रिक्त थियो। सोही रिक्त पदमा भट्टराईलाई मनोनयन गरिएको एमालेले जनाएको छ।