सुनचाँदीको भाउ बढ्यो, कतिमा भयाे काराेबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलाको १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।