एमाले पोलिटब्युरो बैठकमा आज पनि विधान मस्यौदामाथि छलफल

काठमाडौं, ३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएको विधान मस्यौदामाथि छलफलले निरन्तरता पाउनेछ।

शुक्रबार सुरु भएको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको मस्यौदामाथि सात जना सदस्यले आफ्नो धारणा राखिसकेका छन्। बाँकी सदस्यहरूले आजको बैठकमा मस्यौदामाथि आफ्नो विचार प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा विधानको मस्यौदाका साथै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनको विषयले पनि प्राथमिकता पाएको छ। यसै सन्दर्भमा सदस्यहरूले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाबारे पनि आफ्ना धारणा राख्नेछन्, जसले आगामी महाधिवेशनको मार्गचित्र तय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *