पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनले एमालेमा बहस, सदस्यता नवीकरणमा एमाले अनिर्णित

काठमाडौँ, ३ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेसँगै नेकपा एमालेको पोलिटब्यूरो बैठकमा यस विषयमा छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकमा नेताहरूले भण्डारीको पुनरागमनले पार्टी र समग्र लोकतान्त्रिक अभ्यासमा पार्न सक्ने असरबारे चिन्ता व्यक्त गरेका थिए।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा उठेका गम्भीर प्रश्नहरूपछि पार्टीले तत्काल कुनै निर्णय नलिने भएको छ। “उहाँको सदस्यता नवीकरणको विषय हाललाई पेन्डिङमा छ,” गौतमले भने, “अध्यक्षले पनि यो विषयमा अर्को बैठकमा थप छलफल गर्ने बताउनुभएपछि हाललाई उहाँको सदस्यता नवीकरणको प्रक्रिया रोकिएको छ।”