भारी वर्षाको चेतावनीसंगै प्रधानमन्त्रीद्वारा सतर्क रहन र अनावश्यक यात्रा नगर्न आग्रह

काठमाडाैं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

उहाँले मौसमजन्य विपद्बाट बच्न अत्यावश्यक बाहेक लामो यात्रा नगर्न, सुरक्षित स्थानमा रहन र सुरक्षा निकायले जारी गरेका सूचना पालना गर्न सबैमा अनुरोध गर्नुभएको छ।

साथै, प्रधानमन्त्री ओलीले विपद्को अवस्थामा तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *