नाबालिका बलात्कार आरोपमा मधेशका पूर्वप्रमुख राजेश झा पक्राउ

काठमाडाैं, ४ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई आइतबार बिहान भद्रकाली क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, उनीविरुद्ध गत माघ महिनामै जिल्ला प्रहरी परिसरमा जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएलगत्तै फरार रहेका झालाई काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ।

पीडितले आफू १७ वर्षको हुँदादेखि नै झाले विभिन्न प्रलोभनमा पारेर यौन शोषण गर्दै आएको जाहेरीमा उल्लेख गरेकी छन्। झा २०७७ फागुनदेखि २०७८ साउनसम्म मधेश प्रदेश प्रमुख थिए।