११ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं, ५ साउन । नेपाल प्रहरीले ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सोमबार बसेको बैठकले अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जीयार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्कालाई एसपीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

सोही बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा गर्न पनि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *