२ किलो सुनसहित ठमेलबाट दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ६ असार। प्रहरीले ठमेलबाट करिब २ किलो अवैध सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई सोमबार साँझ ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो।

कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर बताउने ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।