डिशहोमको ‘खुशीको बोनस’ योजना सार्वजनिक: हरेक हप्ता १४ जनालाई एक वर्ष इन्टरनेट निःशुल्क
काठमाडौँ, ६ साउन । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि “खुशीको बोनस: ३६५ दिन नै बोनस!” नामक एक विशेष योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत, डिशहोम इन्टरनेटको वार्षिक प्याकेज जडान गर्ने नयाँ तथा रिचार्ज गर्ने पुराना ग्राहकहरूले हरेक हप्ता हुने लक्की-ड्रमा सहभागी भई एक वर्षको इन्टरनेट सेवा बोनस स्वरूप जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार, हरेक हप्ता लक्की-ड्रमार्फत कुल १४ जना भाग्यशाली विजेता छनोट गरिनेछ। जसमध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना वार्षिक रिचार्ज गर्ने पुराना ग्राहकले ३६५ दिनको इन्टरनेट सेवा निःशुल्क (बोनस) प्राप्त गर्नेछन्।
आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता प्रकट गर्न यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
विजेताहरूको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलबाट गरिनेछ। यदि शुक्रबार सार्वजनिक बिदा परेमा आइतबार साँझ ५ बजे घोषणा गरिनेछ।