धरानमा छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु
सुनसरी, ७ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ निवासी ६० वर्षीय सचिव अंसारीको आफ्नै छोराको छुरा प्रहारबाट मारिएका छन् ।
आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मृतकका छोरा मोहम्मद रियाज अंसारीले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका अंसारीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो ।
निजको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो । प्रहरीले छुरा प्रहार गर्ने मोहम्मदलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएकाे छ ।