किताबको ज्ञान कारखानाको फिल्डमा: इको प्यानलबाट नयाँ प्रविधि सिक्दै भविष्यका इन्जिनियर

काठमाडौँ, ८ साउन । सिभिल इन्जिनियरिङको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्ने उद्देश्यले आर्यन स्कुल अफ इन्जिनियरिङका विद्यार्थीहरूले निर्माण सामग्री उत्पादनको वास्तविक प्रक्रिया अवलोकन गरेका छन् ।

उनीहरूले भक्तपुरको झौखेलमा रहेको नेपाल इको प्यानल कारखानामा पुगेर आधुनिक निर्माण प्रविधिबारे जानकारी लिएका हुन् ।

भूकम्प प्रतिरोधी र हलुका निर्माण सामग्रीको रूपमा परिचित सिमेन्ट स्यान्डविच प्यानल कसरी बन्छ र यसलाई कसरी प्रयोग गरिन्छ भन्नेबारे विद्यार्थीहरूले उत्सुकतापूर्वक अवलोकन गरे ।

भूकम्प इन्जिनियर कृष्ण सुन्दर कुम्पखाले उनीहरूलाई प्यानलका प्राविधिक फाइदाबारे मार्गदर्शन गरेका थिए । यस किसिमको प्रत्यक्ष अनुभवले कक्षाकोठाको पढाइलाई थप प्रभावकारी बनाउने विद्यार्थीहरूले बताए ।

कम्पनीका अनुसार, उनीहरूको कारखाना इन्जिनियरिङका विद्यार्थीका लागि एक प्रमुख सिकाई केन्द्र बनेको छ । सीईओले भने, “नयाँ पुस्तालाई दिगो र सुरक्षित निर्माण प्रविधिबारे शिक्षित गराउनु हाम्रो दायित्व हो।” यस्ता उद्योग-शैक्षिक अन्तरक्रियाले नेपालमा सुरक्षित निर्माण अभ्यासलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *