मधेशका पूर्वप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा: १० वर्षसम्म कैद र ३ लाख जरिवाना माग

काठमाडौं, १३ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा मंगलबार उनीविरुद्ध अभियोगपत्र दर्ता गरेको हो।

पीडित महिलाले दिएको जाहेरीअनुसार, अहिराजले गत जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित उनको डेरा कोठामा बलात्कार गरेका थिए। पूर्वचिनजानको फाइदा उठाउँदै अहिराज कोठामा आएर आफूलाई एक्लै भएको अवस्थामा बलात्कार गरेको पीडितले बयान दिएकी छन्।

सोही जाहेरीका आधारमा गत साउन ४ गते पक्राउ परेका अहिराजविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) अनुसार बलात्कारको कसुरमा ७ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ। साथै, सोही दफाको उपदफा (३क) बमोजिम ३ लाख रुपैयाँ जरिवाना तिराउन पनि मागदाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *