मधेशका पूर्व प्रमुख राजेश अहिराज बलात्कार आरोपमा पुर्पक्षका लागि कारागार चलान
काठमाडौँ, १४ साउन । बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज भन्ने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
जिल्ला न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो। अदालतको आदेशसँगै झालाई डिल्लीबजार कारागार चलान गरिएको छ।
युवती बलात्कारको आरोपमा उनी हालै पक्राउ परेका थिए। जाहेरीमा उल्लेख भएअनुसार, अहिराजले काठमाडौंमा घरायसी काममा सघाउन ल्याई पठनपाठनको जिम्मेवारी लिएकी एक युवतीलाई बलात्कार गरेको आरोप छ।
पीडित युवतीले दायर गरेको मुद्दामा अहिराजले २०८१ जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा एक्लै कोठामा रहेका बेला बलात्कार गरेको उल्लेख छ।