सुनको मूल्यमा नयाँ उछाल: प्रतितोला रु. १ लाख ९६ हजार ५०० पुग्यो, चाँदीमा पनि वृद्धि

 

काठमाडौंं,साउन १८ गते । नेपाली बजारमा सुनको मूल्यमा आज आईतबार पुन: उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य गत शुक्रबारको तुलनामा प्रतितोला रु. ३ हजार ४ सयले बढी हो।

महासंघले जनाए अनुसार, गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज आईतबार चाँदी प्रतितोला २ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला २ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो। यस हिसाबले चाँदीको मूल्य तोलामा रु. १५ ले बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *