सप्तरीमा दुई राउन्ड हवाई फायर गरी लागुऔषधसहित दुई जना पक्राउ

सप्तरी, १८ साउन । सप्तरीमा प्रहरीले हवाई फायर गरेर ठूलो परिमाणको लागुऔषधसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ।

आइतबार बिहान प्रहरीले दुई राउन्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार, विष्णुपुर गाउँपालिका-१, बडिबिरपुरबाट २७ वर्षीय विशाल राय र मनोज रायलाई २०० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

ब्युरोबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गर्न खोज्दा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको थियो। ब्युरोका एसएसपी कृष्ण कोइरालाले घटनाको पुष्टि गर्दै पक्राउ अभियानमा स्थानीय प्रहरीको पनि सहभागिता रहेको जानकारी दिनुभयो।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन अनुसार थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *