ललितपुरमा श्रीमान्ले गरे श्रीमतीको हत्या, अभियुक्त पक्राउ

ललितपुर, १८ साउन । ललितपुरको गोदावरी नगरपालिका–१४, ठैबमा श्रीमान्ले श्रीमतीकाे हत्या गरेका छन् ।

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले मृतकका श्रीमान्लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, ललितपुरले ४६ वर्षीय निरज खड्गीलाई आफ्नै श्रीमती कमलामाया खड्गीको हत्या अभियोगमा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, शनिबार साँझ श्रीमान्–श्रीमती दुवैले मदिरा सेवन गरेका थिए। त्यसपछि भएको विवादका क्रममा निरजले श्रीमती कमलामायाको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थाहा पाएपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दा स्थानीयले नै अभियुक्त निरजलाई नियन्त्रणमा लिएर राखेको अवस्थामा फेला पारेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *