डिशहोमले ल्यायो भर्चुअल प्रिभिलेज कार्ड, ग्राहकले पाउनेछन् विशेष छुट

काठमाडौं, २१ साउन । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूका लागि नेपालमै पहिलो पटक भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ। ‘माई डिशहोम एप’ मार्फत उपलब्ध हुने यो कार्ड प्रयोग गरेर ग्राहकहरूले विभिन्न ब्रान्ड र सेवाहरूमा विशेष छुट पाउनेछन्।

कम्पनीका अनुसार, यो कार्डमार्फत ग्राहकहरूले देशभरका प्रमुख होटल, रेस्टुरेन्ट, ट्राभल तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

सुरुवाती चरणमा १० वटा उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू यस नेटवर्कमा जोडिएका छन्। यसमा बर्गर हाउस, सिद्धार्थ हस्पिटालिटी ग्रुप, होटल ले हिमालय, लुम्बिनी केबलकार, मौलाकाली केबलकार, र अचार घर जस्ता चर्चित ब्रान्डहरू समावेश छन्।

डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भन्नुभयो, “यो भर्चुअल प्रिभिलेज कार्डमार्फत हामीले इन्टरनेट र टेलिभिजन सेवाभन्दा बाहिर गएर ग्राहकहरूको जीवनशैलीमा थप मूल्य जोड्ने प्रयास गरेका छौं।”

डिशहोमले आगामी दिनमा १०० भन्दा बढी ब्रान्डहरूलाई यस सुविधामा जोड्ने योजना बनाएको छ। सक्रिय ग्राहकहरूले ‘माई डिशहोम एप’ डाउनलोड गरी आफ्नो भर्चुअल कार्ड साझेदार आउटलेटहरूमा देखाएर छुट सुविधा लिन सक्नेछन्।