प्रधानमन्त्री ओलीद्वारा भूपरिवेष्टित राष्ट्र सम्मेलनमा सम्बोधन, दक्षिण–दक्षिण सहकार्यमा जोड

तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन अन्तर्गत आयोजित ‘दक्षिण–दक्षिण सहकार्य’ सम्बन्धी सत्रलाई सम्बोधन गर्नुभएको छ।

उक्त सत्रमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरूबीच आपसी सहयोग र साझेदारीलाई थप मजबुत बनाउनुपर्ने विषयमा आफ्नो धारणा राख्नुभएको हो।