रास्वपाका पालिका सभापति बलात्कार आरोपमा पक्राउ
सोलुखुम्बु, २२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका सभापति रामचन्द्र बस्नेत बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
सभापति बस्नेतलाई सोलुखुम्बु प्रहरीले काठमाडौंको बनस्थलीबाट साउन १९ गते पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक विकास राईका अनुसार बस्नेतमाथि २०८१ साउन ६ गते स्थानीय एक फरक क्षमताकी महिलालाई बलात्कार गरेको अभियोग छ ।
पक्राउपछि जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।