दलालको फन्दाबाट ४० नेपाली चेलीको उद्धार, भारतबाट नेपाल ल्याइँदै

काठमाडौं, २३ साउन । विदेशमा राम्रो काम लगाइदिने भन्दै भारत पुर्‍याइएका ४० जना नेपाली महिलालाई उद्धार गरिएको छ ।

भारतको सुनौली नाकाबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याउन लागिएको हो ।

दलालहरूले उनीहरूलाई कुवेत, साउदी, ओमान र दुबईजस्ता खाडी मुलुकमा घरेलु कामदारका लागि लैजान लागेको खुलेको छ ।

‘किन इन्डिया’ नामक संस्थाले नेपाली राजदूतावास र भारतीय प्रहरीको सहकार्यमा उनीहरुलाई सकुशल उद्धार गरेको हो । उद्धार गरिएका सबैलाई आज काठमाडौं ल्याइँदैछ ।