अमेरिकाको टेक्सासमा गोलीकाण्ड: एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको मृत्यु

टेक्सास, २७ साउन । अमेरिकाको टेक्सास राज्यमा भएको एक दुःखद गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको मृत्यु भएको छ। ज्यान गुमाउनेमा एक नाबालक समेत रहेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार, गत शनिबार बिहान डालसस्थित एक अपार्टमेन्टमा ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र उनीहरूका ३ वर्षीय छोरा प्रनिशको गोली हानी हत्या गरिएको हो।

प्रहरीका अनुसार, रञ्जना र उनका छोरा प्रनिशको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते अवस्थामा भेटिएका ललितको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो।
करिब डेढ दशकअघि पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट पुनर्वास कार्यक्रममार्फत ललित अमेरिका आउनुभएको थियो। उहाँकी श्रीमती रञ्जनाको माइतीघर भने काठमाडौं हो। घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *