लागूऔषध र अवैध नगदसहित नेपालगन्जबाट एक युवक पक्राउ
नेपालगन्ज, २९ साउन । बाँकेको नेपालगन्जमा प्रहरीले ठूलो परिमाणमा अवैध नगद र लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
मंगलबार राति नेपालगन्ज-१४ का २८ वर्षीय रमेश लोनियाको घरमा छापा मार्दा प्रहरीले स्रोत नखुलेको २२ लाख ३ हजार ९१५ रुपैयाँ र १५.५ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक पातलीका अनुसार, लोनियालाई बुधबार अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।
उनको साथबाट सुनचाँदीका गहना, खुकुरी, मोटरसाइकल र मोबाइल फोनहरू पनि बरामद गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।