बागमती सरकारले पायो पूर्णता, यस्तो छ मुख्यमन्त्री बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं, ३० साउन। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन्।

नेपाली कांग्रेसका तर्फबाट थप ५ जना मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ। नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।

गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेकपा (एमाले) का ६ र कांग्रेसका २ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिएपछि उनले सरकार विस्तार गरेका हुन्।

मुख्यमन्त्री बानियाँसहित १४ सदस्यीय बागमती प्रदेश मन्त्रिपरिषद्को कार्यविभाजन यसप्रकार छ:

१ इन्द्रबहादुर बानियाँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२ मधुसूधन पौडेल, मन्त्री कृषि तथा पशुपन्छी विकास
३ शिवराज अधिकारी, मन्त्री आन्तरिक मामिला तथा कानून
४ किरण थापामगर, मन्त्री स्वास्थ्य
५ उर्मिला नेपाल, मन्त्री युवा तथा खेलकुद
६ कन्चन चन्द्र वादे, मन्त्री सामाजिक विकास
७ डा. दिनेशचन्द्र देवकोटा, मन्त्री भौतिक पूर्वाधार विकास
८ प्रभात तामाङ, मन्त्री आर्थिक मामिला तथा योजना
९ भरतबहादुर के.सी., मन्त्री वन तथा वातावरण
१० सुरेश श्रेष्ठ, मन्त्री संस्कृति तथा पर्यटन
११ जयराम थापा, मन्त्री श्रम, रोजगार तथा यातायात
१२ कृष्णकुमार तामाङ, मन्त्री खानेपानी, ऊर्जा तथा सिँचाइ
१३ विन्दु श्रेष्ठ, मन्त्री उद्योग, वाणिज्य, भूमि तथा प्रशासन
१४ विनु रायमाझी पौडेल, मन्त्री सहकारी तथा गरिबी निवारण