रोल्पामा विषालु च्याउ खाँदा एक महिलाको मृत्यु, श्रीमानको अवस्था गम्भीर

काठमाडौं, १ भदौ । रोल्पामा जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा एक वृद्धाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर बिरामी परेका छन्।

रोल्पाकाे परिवर्तन गाउँपालिका–२, राङसीकी ७४ वर्षीया नर्मला वलीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, वली दम्पतीले गत साउन २७ गते जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका थिए। च्याउ खाएपछि दुवै जना बिरामी परेका थिए।

सुरुमा स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनीहरूलाई साउन २९ गते थप उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा लगिएको थियो।

उपचारकै क्रममा नर्मलाको मृत्यु भएको र उनका ८१ वर्षीय श्रीमान् भागीराम वलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *