बागलुङमा क्याम्पस भ्यान दुर्घटना : छ विद्यार्थी घाइते

काठमाडौँ, ६ भदौ । बागलुङको गलकोट नगरपालिका–५ मा आज बिहान विद्यार्थी बोकेको एक क्याम्पस भ्यान दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते भएका छन्। हरिचौरबाट हटियातर्फ जाँदै गरेको गलकोट बहुमुखी क्याम्पसको ग१झ ७४३ नम्बरको भ्यान शिवालय मन्दिर नजिकै दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय, गलकोटले पुष्टि गरेको छ।

प्रहरीका अनुसार दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएका छन्।

घाइते सबैको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ। प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानमा भ्यानको गति तीव्र भएका कारण अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *