मर्स्याङ्दी नदी किनारमा अज्ञात पुरुषको शव फेला

काठमाडौँ, ७ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदी किनारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आज बिहान आँबुखैरेनी गाउँपालिका-२, ढापटारमा अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव भेटिएको हो । मृतकको नाम, थर र ठेगाना खुलेको छैन ।

स्थानीय बासिन्दाले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको पहिचान गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *