बालेनकाे ज्यादती बिरूद्ध कवाड व्यवसायी, सुरक्षा र क्षतिपूर्तिको मागसहित महानगर घेराउ

काठमाडौँ, ९ भदाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूहरूमाथि ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरूले सोमबार प्रदर्शन गर्दै महानगर कार्यालय घेराउ गरेका छन्।

‘कवाडी व्यवसायी समाज’ को ब्यानरमा उनीहरूले कमलादीस्थित कार्यालय घेराउ गर्दै आफ्ना मागहरू पूरा गर्न दबाब दिएका हुन्।

प्रदर्शनकारीहरूले संविधानले प्रत्याभूत गरेको पेसा, व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन्। मेयर बालेनकाे ठाडाे आदेशले महानगर प्रहरीबाट भइरहेको कुटपिट, अपहरण र संरचना भत्काउने कार्य तत्काल रोक्न र त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

त्यस्तै, कवाड व्यवसायी र संकलकको जीउधनको सुरक्षाका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने र विगत दुई वर्षमा महानगर प्रहरीबाट भएको क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने पनि उनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *