तीजमा पशुपति दर्शन गर्न जानेलाई गर्मी छल्न पहिलोपटक पानीको फोहोरा

काठमाडौँ, १० भदाै । यस वर्षको हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनहरूलाई गर्मीबाट राहत दिन एक नौलो प्रविधिको प्रयोग गरिएको छ।

पशुपति क्षेत्र विकास कोषले पहिलोपटक मन्दिर परिसरमा पानीको मसिनो फोहोरा फालेर शीतलता प्रदान गर्ने ‘कुलिङ सिस्टम’ जडान गरेको हो।

बिहानैदेखि हजारौँको संख्यामा दर्शनार्थीहरूको घुइँचो लागेको र लामो लाइन बस्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै मन्दिरको पश्चिमी ढोका अगाडि यो प्रणाली राखिएको छ। यसले पानीलाई बाफमा परिणत गरी वरपरको वातावरणलाई शीतल बनाउँछ।

विगतका वर्षहरूमा तीजको दिन अत्यधिक गर्मीका कारण दर्शनका लागि लाइनमा बसेका महिलाहरू बेहोस हुने तथा स्वास्थ्यमा समस्या देखिने गरेको थियो। यस्तै समस्या दोहोरिन नदिन कोषले यो नयाँ उपाय अपनाएको हो।

कोषका अनुसार, यो प्रणाली हाल परीक्षणका रूपमा सञ्चालन गरिएको हो। यसको प्रभावकारिता सकारात्मक देखिएमा भविष्यमा अन्य अवसरहरूमा पनि यसलाई निरन्तरता दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *