संसदीय समितिका तीन बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
काठमाडौँ, ११ भदौ । सङ्घीय संसदका तीन छुट्टाछुट्टै समितिका बैठक आज बस्दैछन्।
राज्य व्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन, र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा महत्त्वपूर्ण विषयमा छलफल हुने कार्यसूची रहेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।