रेड नोटिस जारी भएका सुनार कुवेतमा पक्राउ परे

काठमाडौँ, भदौ १२ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएका फरार प्रतिवादी कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरी नेपाल ल्याइएको छ । सुनार सुर्खेतको भेरीगङ्गा नगरपालिका–२, सप्तरी समाझिङ्घाका बासिन्दा हुन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागको समन्वयमा सुनारलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो । उनलाई आवश्यक कानूनी कारबाहीका लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *