अरनिको पाँडेलाई ४ दिन थुनामा राख्न अदालतकाे आदेश

काठमाडौं, १२ भदाै । राष्ट्रिय योजना आयोग तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वकेन्द्रीय सदस्य अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेका पाँडेलाई बिहीबार अदालतमा हाजिर गराएको थियाे ।

जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको व्यूरोका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिपराज अवस्थीले जानकारी दिनुभयाे ।