सिन्धुलीमा छाेराले गरे आमाकाे हत्या

सिन्धुलीको दुधौली नगरपालिका–१४, भौडीमा ४० वर्षीय तुलाराज सुनुवारले घरायसी विवादका कारण आफ्नी ६५ वर्षीया आमा फाल कुमारीको खन्ती प्रहार गरी हत्या गरेका छन्।

जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार, तुलाराजले फलामको खन्तीले आमाको टाउको र छातीमा प्रहार गर्दा घटनास्थलमै उहाँको मृत्यु भएको थियो।

घटनापछि भाग्दै गरेका तुलाराजलाई दुधौलीबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका छन्। इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सिमोन धितालको कमान्डमा थप अनुसन्धानका लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *