श्रीमतीको हत्या गरी शव भान्सामा गाडिएकाे अवस्थामा फेला, श्रीमान् पक्राउ

अर्घाखाँची १७ भदौ । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका–४ मा श्रीमतीको हत्या गरी भान्सामा शव गाडिएकाे अवस्थामा फेलापरेपछि श्रीमान् पक्राउ परेका छन् ।

छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई श्रीमतीको हत्या अभियाेगमा आज पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए ।

छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा सडेको शव फेला परेको हो । घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् । अभियुक्त प्युठानको नौबहिनी गाउँपालिका– १ स्थायी बासिन्दा हुन् ।