मालपोत कार्यालय धुलिखेलमा अख्तियारको छापा, २ लाख घुससहित खरिदार पक्राउ

काठमाडौं, १८ भदाै । काभ्रेपलाञ्चोकमा रहेकाे मालपोत कार्यालय धुलिखेलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेकाे छ ।

आयोगले नगध २ लाख रुपैयाँ घुस लिँदै गरेकाे अवस्थामा खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी रंगेहात पक्राउ गरेकाे हाे ।

भण्डारीले फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा कार्यलय परिसरबाटै मोबाइल डिभाइससहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता एवम सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका भण्डारीमाथी थप अनुसन्धान भइरहेको छ ।