नेदरल्यान्ड्स र पोल्यान्ड बराबर

लन्डन, २० भदौ । विश्वकप छनोटअन्तर्गन नेदरल्यान्ड्स र पोल्यान्डबिचको खेल १–१ ले बराबरीमा सकिएको छ ।

डेन्जेल डम्फ्रिजले कर्नरको सदुपयोग गर्दै गरेको हेड गोलले नेदरल्यान्ड्स जिततर्फ अग्रसर थियो । तर खेलको ८० औँ मिनेटमा पोल्यान्डका म्याटी क्यासले पेनाल्टी क्षेत्रबाट सशक्त प्रहारमार्फत् गोल गरी खेल बराबर गरे ।

सो गोलले नेदरल्यान्ड्सको विना गोल वेहोरेर लगातार तीन खेल जितको यात्रामा पनि धक्का पुग्यो । सो खेलमा बार्सिलोनाका स्ट्राइकर रोवर्टो लेवान्डोस्कीले पनि खेले । यसअघि, पूर्व प्रशिक्षक माइकल प्रोवियर्जसँगको विवादपछि लेवान्डोस्कीले राष्ट्रिय टिमबाट खेलेका थिएनन् ।