१३ हजार घुससहित पक्राउ परेका नापी कार्यालय कलंकीका कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २० भदाै । नापी कार्यालय कलंकीमा कार्यरत कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता भएको छ ।

जग्गाको हालसाबिक गरी नयाँ पूर्जा बनाइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा उनी पक्राउ परेका हुन् ।

नापी कार्यालय कलंकीको ३ नम्बर नापी टोली, पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्रबहादुर कुँवरलाई सेवाग्राहीसँग १३,००० रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेकाे थियाे ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ मा रहेको जग्गाको हालसाबिक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि कुँवरले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो । सेवाग्राहीसँग घुसबापत १३ हजार रुपैयाँ माग गरी लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।