मध्यरातमा विभिन्न स्थानमा लुटपाट गर्ने २१ जना सेनाकाे हिरासतमा
काठमाडाैं, २५ भदाै । नेपाली सेनाले काठमाडौं र भक्तपुर क्षेत्रमा लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरेको छ।
सेनाको जनसम्पर्कत तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधे राधेस्थित भाटभटेनी सुपरमार्केट, हायात होटल र बौद्ध क्षेत्रमा लुटपाट गर्न खोज्ने २१ जनालाई गएराति समातेको हो।
गएरातिदेखि नै नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको जनाएको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङखल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा खबर गर्न पनि नेपाली सेनाले अनुरोध गरेको छ ।
सेनाले उच्छृंखल गतिविधि भए हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्स एप वा भाइबरमा मेसेज पठाउन अनुरोध गरेको छ।