नेप्सेले भन्यो- लगानीकर्ताको सेयर सम्बन्धी अभिलेख सुरक्षित छ, आइतबारबाट मात्रै सेयर कारोबार खुल्ने

काठमाडाैं, २५ भदाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आगामी आइतबारबाट मात्रै सेयर कारोबार खुल्ने जानकारी दिएको छ ।

नेप्सेले बुधबार र बिहीबार कारोबार रोक्ने निर्णय गरेको प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।
यसअघि देखि नै शुक्रबार र शनिबार भने कारोबार हुने गरेको छैन । त्यसैले आइतबारबाट कारोबार हुने सम्भावना देखिएको छ ।

नेप्सेले लगानीकर्ताको सेयर सम्बन्धी तथ्यांक सुरक्षित रहेको समेत उल्लेख गरेको छ । सुरक्षा संवेदनशीलताको कारण नेप्सेले दुई स्थानमा तथ्यांक राख्दै आएको छ ।