सर्वोच्चले आगामी साताबाट आंशिक रुपमा बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्ने
काठमाडौं, २६ भदौ । सर्वोच्च अदालतले आइतबारदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ ।
बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले एक विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ गर्ने जानकारी दिएका हुन्।
भदौ २४ गते भएको प्रदर्शनको क्रममा सर्वोच्च अदालत सहित काठमाडौंका प्रमुख प्रकाशकीय भवनहरूमा प्रदर्शनकारीले आगजनी गरेका थिए।