लायन्स क्लब अफ काठमाडौ शुभताराद्वारा आगजनी भएकाे बौद्ध प्रहरी चौकीलाई अत्यावश्यक सामाग्री प्रदान

काठमाडाैं, ४ असोज । जेनजीहरूकाे गत भदाै २३ र २४ गतेकाे आन्दाेलनमा जलाइएका बौद्ध प्रहरी चौकीलाई लायन्स क्लब अफ काठमाडौ शुभताराले अत्यावश्यक सामग्रीहरू सहयाेग गरेका छन् ।

शनिबार बौद्ध प्रहरी चौकीकाे प्राङ्गणमा एक कार्यक्रम आयाेजना गरी शुभताराका कार्यसमितिका सदस्यहरूलगाएतले उक्त सामग्री डिएसपीलाई हस्तान्तरण गरेका हुन् ।

लायन्स क्लब अफ काठमाडौ शुभताराको अगुवाइमा सिरक डसना-६ थान,ब्ल्याङ्केट – ६ थान, तन्ना -६ थान, ग्यासचुल्हाेसहितकाे सिलिन्डर -१ थान, सिरानी -१२ थान, सिरानी खोल-१२ थानलगाएतका सामग्री हस्तान्तरण गरिएकाे शुभताराका चार्टर्ड प्रेसिडेन्ट राजेश हिमालयले जानकारी दिए ।

कार्यक्रममा डिस्ट्रिक गर्भनर केशरबहादुर भण्डारी ३२५ एफ, शुभताराका भूवनबहादुर नेपाल, यूवी महरा, गणेश आचार्य, जीएसटी काेअर्डीनेटर बसन्त थापा , भाइस प्रेसिडेन्ट शुशिला श्रेष्ठ, आदित्य जोशी, आकाश श्रेष्ठ, मधुकर श्रेष्ठ, अमृत घले, भूवनबहादुर तामाङ, अशोक बोम्जनलगाएतकाे उपस्थिती रहेका थिए ।