सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, कतिमा भयाे काराेबार ?

काठमाडौं, ६ असोज । साेमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज ७०० रुपैयाँ बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।