सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख २१ हजार नाघ्याे

काठमाडौँ, ७ असाेज । सुनको मूल्य केहीदिन यता वृद्धि भइरहेको छ । मूल्य वृद्धि भएसंगै मंगलबार सुन तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम भएकाे हाे ।

मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको छ ।