त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, ८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका भारतीय नागरिक ४८ वर्षीय रोनक मदनीकाे साथबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद भएकाे हाे ।
उनलाई आगमन भन्सार एरियामा जाँच गर्दा सुन भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको सुन फेला परेको थियो ।