नदीमा हाम फालेर दुई जना बेपत्ता

काठमाडौँ, असोज ११ । चङ्खेली गाउँपालिकामा दुई जना व्यक्ति नदीमा हामफालेर बेपत्ता भएका छन् । आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेखेर बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ ।

प्रहरी सहायक निरीक्षक शङ्कर पोखरेलले स्थानीयले नदीमा हामफालेको खबर दिएको र हालसम्म उनीहरूको अवस्था अज्ञात रहेको बताउनुभयो । जानकारी प्राप्त हुनासाथ पिप्लाङ प्रहरी चौकीले खोजी कार्य सुरु गरे पनि उनीहरूलाई फेला पार्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ पदमा कार्यरत रहेको जनाइएको छ ।