कपुरकोट माइक्रोबस दुर्घटना : मृतक तीन जनाको सनाखत

काठमाडौँ, असोज १२ । रुकुमको बाँफिकोटबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रोबस (हाइस) दुर्घटनामा परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेका छन् ।

आज बिहान लु२ख ६५०२ नम्बरको उक्त माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा रुकुमपश्चिम बाँफिकोट गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र सोही ठाउँका ३६ वर्षीया डिना केसी छन् । घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडी सडकबाट तीन सय मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *