झापामा ‘ग्रेण्डर मेसिन’ले राँगा काट्दा उछिट्टिएर आफ्नै खुट्टा काटिएर मृत्यु
काठमाडौँ, असोज १४ । झापाको भद्रपुर नगरपालिका–१ मा ‘ग्रेण्डर मेसिन’ ले राँगा काट्ने तयारी गरिरहेका ३५ वर्षीय रमेश परियारको आफ्नै खुट्टा काटिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरिरहेका थिए । यसै क्रममा अचानक उनको बायाँ खुट्टा ग्रेण्डर मेसिनमा परेपछि उनी गम्भीर घाइते भएका थिए ।
तत्कालै घाइते परियारलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज पुर्याइएको थियो । तर, अत्यधिक रक्तश्रावका कारण गएराति उनको मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिएकी छिन् ।