एरिकालाई कराते वान सिरिजमा स्वर्ण

काठमाडौँ, १७ असोज । नेपालकी एरिका गुरुङले शुक्रबार कराते वान सिरिज ए मा स्वर्ण पदक जितेकी छन् ।
मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताअन्तर्गत ६८ केजीमाथिको स्पर्धाको फाइनलमा एरिकाले ट्युनिसियाकी साक्नी तेस्निमलाई हराइन् ।
एरिकाले कुशल श्रेष्ठको प्रशिक्षकत्वमा खेलेकी हुन् । सो प्रतियोगतामा नेपालकी तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गरेकी छन् ।