नुवाकोटकाे शिवपुरीमा श्रीमानले गरे श्रीमतीको हत्या

नुवाकोट, २२ असोज । नुवाकोटकाे शिवपुरी गाउँपालिका–७मा घरायसी विवादका कारण श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको सविनाको खुकुरी प्रहार गरेर हत्या गरेका हुन ।
सविनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् ।