केराबारीबाट ५५ राउण्ड एसएलआर गोली बरामद

काठमाडौँ, असोज २५ । झापाको कमल गाउँपालिका-७ रङ्गपुरस्थित केराबारीबाट ५५ राउण्ड गोली फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले दिएको जानकारीअनुसार स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गए राति केराबारीमा एउटा सेतो बोराभित्र गोली फेला पारेको खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

पाण्डेको सूचनाका आधारमा आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउण्ड गोली बरामद गरेको खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *